रूपन्देहीमा १४ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

रूपन्देही । रूपन्देहीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कोटहीमाई गाउँपालिका–७ भैसाघान बस्ने २० वर्षीय रियाज अहमद मुसलमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
मुसलमानले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।