रामेछापमा माछा मार्ने क्रममा करेन्ट लागरे, एक जना मृत्यु

दियो पोस्ट  

काठमाडौं । रामेछापमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा लिखुतामाकोसी गाउँपालिका–२ शिरिशे बस्ने २९ वर्षीय सुवास कार्की रहेका छन् । सोही ठाउँस्थित लिखुतामाकोसी खोलामा विद्युतिय तरिकाले माछा मार्ने क्रममा करेन्ट लागेर उनको सोमबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।