स्रोत नखुलेको भारतीय रूपैयाँसहित २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । स्रोत नखुलेको भारतीय रूपैयाँसहित २ जना पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिङगेटबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रूपैयाँसहित एक जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भई बिगत २० वर्षदेखि भारत लखनउमा बस्दै आएकी ४० वर्षीया राधा सारु रहेका छन् । अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा बाटोमा हिँडिरहको बेलामा उनीलाई उक्त भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि रकमसहित राजश्व कार्यालय बुटवल पठाइएको छ ।

यसैगरी पर्साको वीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको १ लाख ७३ हजार ९ सय भारतीय रूपैयाँसहित एक जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–१८ मोतिसर टोल बस्ने ५४ वर्षीय मेहीलाल प्रसाद साह रहेका छन् । प्रहरी चौकी इनार्वावाट खटिएको प्रहरीको टोलीले भारत रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेको ना.२ प १११३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।