मोरङमा १२ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

मोरङ । मोरङमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बेलबारी नगरपालिका–३ खोरिया टोल बस्ने २० वर्षीय नबिन महरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महराले ती बालिकालाई आफ्नै घरको कोठाभित्र लगि जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।