स्न्याप च्याटमार्फत नाबालिकालाई अश्लिल भिडियो बनाउन धम्की, एकजना पक्राउ

दियो पोस्ट  

कास्की । पोखरामा अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले सामाजिक सञ्जाल ईस्न्याप च्याट लगायत भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा अश्लील कुराकानी तथा भिडियो च्याट गर्न धम्की दिने गरेका थिए । त्यस्तो अश्लिल हर्कत गर्न नमानेपछि सो कार्यको स्क्रिन रेकड गरेर उनलाई धम्कीपूर्ण म्यासेज पठाउने गरेको पीडितको आरोप छ ।

साथै पीडितकी आमालाई समेत विभिन्न अपशब्द म्यासेज पठाउने गरेका थिए । पीडित नाबालिकालाई मानसिक तनाव दिएर चरित्रहत्या गरेको खबर प्राप्त भएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोबाट खटिएको प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई पोखराबाट पक्राउ गरेको हो ।

अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरिएको छ ।