उदयपुरमा १७ वर्षीया नाबालिका बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

उदयपुरमा । उदयपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बेलका नगरपालिका–६ सालबोटे बस्ने २३ वर्षीय पुर्ण बहादुर मगर रहेका छन् ।
मगरले ती किशोरीलाई गत शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले मंगलबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।