
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । जिल्लाको महानगरपालिका–१३ कालीमाटीस्थित ओखलढुङ्गा लिखु गाउँपालिक घर भएका ३१ वर्षीय होम बहादुर पौडेलको डेरामा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नगद १ लाख ५४ हजार रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।