मकवानपुर । बसको ठक्करबाट दुघर्टना हुँदा पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित सडकमा ना.५ख १७४० नम्बरको बसको ठक्करबाट दुघर्टना हुँदा सडकमा हिँडिरहेकी एक जना महिलाको मत्यु भएको हो । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६२ वर्षीया महिला रहेकी छिन् । ठक्करबाट दुघर्टनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।