राप्ती नदीमा डुबेर २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । बाँकेमा २ जनाको नदीमा डुबेर मृत्यु भएको छ ।  जिल्लाको डुडुवा गाउँपालिका–५ राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २५ वर्षीया सरिता चौधरी र कोहलपुर नगरपालिका–२ बस्ने २९ वर्षीया शारदा बस्नेत रहेका छन् । नदीमा डुबेर अशक्त भएका उनीहरूको भेरी अस्पताल नेपालगञ्ज बाँकेमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।