चट्याङको झड्काले एक महिलाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । रौताहटमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मौलापुर नगरपालिका–४ पतौरा बस्ने ३५ वर्षीया प्रतिमा देवी शाहको चट्याङको झड्का लागेर मृत्यु भएको छ । आफ्नै गोठ नजिकै रहेको धारामा पानी लिन जाँदा चट्याङ लागेर उनको मंगलबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।