लावारिस अवस्थामा २ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । इलामको इलाम नगरपालिका–३ तल्लो खत्री गाउँ बस्ने ७५ वर्षीया चन्द्र माया न्यौपाने आफ्नै घरमा मंगलबार लावारिस अवस्थामा शव फेला परेको छ ।

यसैगरी भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे मगर टोल बस्ने ६८ वर्षीय तिखे सार्कीको सोही ठाउँस्थित बाटो‍को नालीमा बुधबार लावारिस अवस्थामा शव फेला परेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।