मोरङ । मोरङमा नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ९ एम्पुल, एभिल १२ एम्पुल, डाईजेपाम ९ एम्पुल र फेनारगन–९ एम्पुलसहित एक जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम आठराई गाउँपालिका–४ बस्ने १९ वर्षीय अनिश लिम्बुलाई रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।