काठमाडौं । लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका–६ घर भई हाल काठमाडौं न्युरोड बस्ने २७ वर्षीय प्रबिन ढुङ्गाना रहेका छन् । काठमाडौं महानगरपालिका–१५ डल्लु रामँघाट नजिक हिँडिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीया महिलाको दाहिने कानको मुन्द्रा लुछी भाग्दै गरेको अवस्थमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त लुटपाट गरेको मुन्द्रासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।