छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१४ बल्खुबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ सय ग्रामसहित एक जना परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय बिनायक श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीको टोलीले बा.प्र ०२–०४० प.८०७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी बुधबार राति पक्राउ गरेको हो ।
साथै काठमाडौंकै चन्द्रागिरी नगरपालिका–२ स्थित देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ५ सय ग्रामसहित एक जना पक्राउ परेका छन् । धादिङ गल्छी गाउँपालिका–१ बस्ने २६ वर्षीय बिपिन मगर रहेका छन् । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीको टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाराको निजगढ नगरपालिका–८ तामागेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा १२ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–३ सिंगौल टोल बस्ने ४५ वर्षीय अर्जुन कुमार तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीको टोलीले हेटौंडाबाट महोत्तरीतर्फ जाँदै गरेको ना.७ ख ६४६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला परी पक्राउ गरेको हो ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–२० राझाँ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१४ उदयपुरुवा बस्ने २५ वर्षीय सिताराम लोनिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी बुधबार राति पक्राउ गरेको हो ।

साथै मकवानपुरको थाहा नगरपालिका–२ फेदिगाउँबाट अवैध लागूऔषध गाँजाको धुलो १८ केजी ४० ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५५ वर्षीय सूर्य तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीको टोलीले उनको घरमा तलासी गर्दा उक्त परिमाणको गाँजाको धुलो फेला पारी उनलाई बुधबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर