दाङ । दाङमा जिपको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ । जिल्लाको दङगिशरण गाउँपालिका–५ कुमलगढीस्थित सडकमा रा.१ ज ९२३ नम्बरको जिपले रा.७ प ४२३७ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने ३७ वर्षीया सिता लम्साल रहेकी छिन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार भई थप उपचारको लागि नेपालगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।