लावारिस अवस्थामा २ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । बाराको बारागढी गाउँपालिका–५ सिंहासनीस्थित छठी घाट नजिक एक जना वृद्धाको बिहीबार शव फेला परेको छ । मृत्यु हुनेमा रौतहट फतुवा बिजयपुर नगरपालिका–६ वस्ने ७० वर्षीया चरनी देवी महतो रहेकी छिन् ।
यसैगरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ गंगापुर टोलस्थित खाली खेतमा एक जना पुरुषको बिहिबार लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर