सवारी दुर्घटनामा हुँदा ३ जनाको मृत्यु, एक जना घाइते

दियो पोस्ट  

काठमाडौं । सवारी दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको छ । तनहुँको ‍ब्यास नगरपालिका–९ कुमाल गाउँस्थित सडकमा लु.२ त ८१३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ गजौडे बस्ने ४८ वर्षीय मान बहादुर थापा मगर रहेका छन् । दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सडकमा प्र.२–०१–००२ प २५६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय श्‍याम कुमार यादव(मोटरसाइकल चालक) र विकास खंग(मोटरसाइकल सवार) रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार १ जनाको स्थानीय मेडिकल पश्चात थप उपचारको लागि राजबिराजतर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर