जिल्ला शिक्षा समिति ओखलढुंगाको सदस्यमा राजकुमार नियुक्त

दियो पोस्ट  

ओखलढुंगा । शिक्षा विकास तथा समन्वय इकाइले जिल्ला शिक्षा समिति ओखलढुंगाको सदस्य पदमा शैक्षिक अभियान्ता राजकुमार ढुङ्गानालाई नियुक्त गरेको छ । जिल्ला शिक्षा समिति ओखलढुङ्गाको गत चैत्र २९ गतेको बैठकको निर्णयानुसार उनलाई नियुक्त गरिएको हो । जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि उनको नियुक्ति गरिएको जिल्ला समन्वय इकाइले बताएको छ । लामो समयसम्म शैक्षिक आन्दोलनमा सक्रिय हुँदै आएका ढुङ्गानाको नियुक्तिपछि शैक्षिक गुणस्तरमा थप प्रगती हुने अपेक्षा समेत गरिएको छ ।