फेवातालमा डुबेर एक जनाको मृत्यु

दियो पोस्ट  

कास्की । कास्कीको पोखरा महानगरपालिका–२३ पामे खपौदीस्थित फेवातालमा डुबेर एक जनाको शनिबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–१४ चाउथे बस्ने अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक घर भएका ६३ वर्षीय मिन गुरुङ रहेका छन् । माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्‍त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नेपालको संयुक्त रुपमा खटिएको टोलीको खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ