१७ वर्षीया किशारी बलात्कृत, एकजना पक्राउ

दियो पोस्ट  

झापा । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ स्टाप चोक बस्ने २७ वर्षीय बिवेक श्रेष्ठ रहेका छन् । ती किशोरी आफ्नो साथीको कोठामा आएकी थिइन् । श्रेष्ठले त्यहीँ मौका पारी सोही ठाउँस्थित जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।