काठमाडौं । ठमेलस्थित लर्ड अफ डिङ्क्स (एलओडी)मा कार्यरत दुई जना युवतीमाथि सामुहिक बलात्कार भएको छ । बलात्कारको घटनामा संलग्न दुई जनालाई पक्राउ गरि प्रहरीले जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ । सरसफाईमा कार्यरत युवतीलाई वेहोस बनाउने औषधी खुवाएर बलात्कार गरेको घटना फेला परेको हो ।
टना गत वैशाख १५ गतेको हो । एलओडीमा काम गरिसकेपछि २ युवतीहरु क्लबको गेट अगाडी नै ट्याक्सी कुरेर बसेका थिए । सोही बखत लोकबहादुर मगर र माइला भन्ने रामकुमार श्रेष्ठले खाजा खान जाउँ भन्दै चिनजानकै ती महिलालाई होटलमा लगेका थिए । सोह्रखुट्टे ओरालो बाटोमा रहेको एक होटलमा उनीहरुले खाजा खाएका थिए ।
मगर र श्रेष्ठले दुई युवतीलाई खाजासँगै एउटा गोल्डेन वाक नामक मदिरा पनि खुवाए । युवतीहरुलाई मदिरा लागेपछि मदिरा लागेपछि खाने औषधी हो भन्दै एउटा ट्याब्लेट खुवाएका थिए । औषधी खाएपछि लठ्ठीएका ती युवतीलाई उनीहरुले ठमेलस्थित होटल भ्याली ईन प्रा.लीमा लगेका थिए । एक युवतीलाई भुईंतलाको २०१ नम्बरको कोठामा राखे भने अर्की युवतीलाई ४०३ नम्बरको कोठामा राखेका थिए ।
मदिरा र औषधी दुवै लागेका युवती मध्ये कोठा नम्बर ४०३ मा बस्ने युवतीले दिएको बयान अनुसार उनी निदाएको मौकामा नै लोकबहादुर मगरले ती युवतीमाथि बलात्कार गरेको उल्लेख छ । त्यसपछि होसमा आएकी ती युवती निन्द्राबाट ब्युझिएपछि मात्रै आफू बलात्कार भएको घटना विवरण प्रहरीमा सुनाएका छन् । अर्का माइला भन्ने व्यक्तिले भने अर्की युवतीलाई बलात्कार गरेको सरकारी वकिलको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । माइला र लोकबहादुर मिलेर कोठा नम्बर २०१मा बस्ने युवतीलाई समेत पटक पटक बलात्कार गरेको ती युवतीले बयान दिएकी छिन् ।