अवैध लागूऔषधसहित एक जना पक्राउ

दियो पोस्ट  

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ७० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–२ बस्ने २६ वर्षीय सन्तोष शाही रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीको उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी आइतबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।