सवारी दुर्घटनामा एक जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकी चोकमा सु.प.प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रक र बा.प्र.०२–००४ प ४७०३ नम्बरको स्कुटर एकआपसमा ठक्करबाट दुर्घटना हुँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउत रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।