
काठमाडौं । विभिन्न स्थानबाट लावारिस अवस्थामा ४ जनाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–७ चाबहिल लामपोखरीस्थित सडक पेटीमा आइतबार एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी बाँकेको डुडुवा गाउँपालिका–१ टेपरीस्थित एक जनाको आइतबार लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा भारत बहराइच हुलिया ग्राम पंचायत बस्ने ३५ वर्षीय कोइली मुराउ रहेका छन् ।
साथै कपिलवस्तुको शिवराज नगरपालिका–९ रमुवादह बस्ने ४२ वर्षीया सिता कुमारी बुढा मगर आफ्नै घरको आगनमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी झापाको अर्जुनधारा नगरपालिका–४ निलडाँडास्थित पोखरीमा आइतबार एक जनाको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५४ वर्षीया सरस्वती मगर रहेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।