घाँस काट्दाकाट्दै करेन्ट लाग्यो, एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता

ईलाम । ईलाममा घाँस काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको सूर्योदय नगरपालिका–१४ कटुसे बस्ने ५१ वर्षीय मोहन राईको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । घर नजिकै रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा विद्युतको तारमा छुन पुगेपछि करेन्ट लागेर गम्भीर घाइते भएका उनको फिक्कल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस