पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

पर्सा । पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छिपरामाई गाउँपालिका–२ चेरगाहा बस्ने ४० वर्षीय संजय साहको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि तराई अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।