अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । अवैध लागूऔषधसहित ४ जना पक्राउ परेक छन् । मकवानपुरको गढी गाउँपालिका–२ ठुलोदमारबाट अवैध लागूऔषध गाँजा करिब ९ सय २० ग्रामसहित २ जना पक्रो परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री खड्कासहित २ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीको टोलीले ना.६३ प ६५८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी सोमबार दिउँसो पक्राउ गरेको हो ।

साथै पर्साको छिपहरमाई गाउँपालिका–५ ब्रहम चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन ५ सय एम्पुल, डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका–८ बस्ने ४२ वर्षीय दुर्गाराज खत्री र धोबिनी गाउँपालिका–४ लंगडी बस्ने ४५ वर्षीय नुरेश मियाँ तेली रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरीको टोलीले बगमती प्रदेश–०३–००१ ख १८१० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।