छुट्टाछुट्टै ठाउँबाट खोलामा डुबेर २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट खोलामा डुबेर २ जनाको मृत्यु भएको छ । तनहुँको ब्यास नगरपालिका–६ मादीबेशी बस्ने एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रकाश शर्माको छोरा १२ वर्षीय संगम शर्मा रहेका छन् । सोही नगरपालिका–७ स्थित मादीखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । खबर प्राप्त हुनासाथ प्रहरी चौकी कलेस्ती र प्रहरी चौकी शिसाघाटबाट खटिएको प्रहरीको टोलीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।

साथै रोल्पाको माडी गाउँपालिका–४ तार्केवाङस्थित एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ एनावाङ बस्ने पौख बहादुर घर्तीकी छोरी १४ वर्षीया मनमाया घर्तिमगर रहेकी छिन् । घर नजिकैको माडी खोलाको रहमा नुहाउने क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।