छुट्टाछुट्टै ठाउँबाट लावारिस अवस्थामा ३ जनाको शव फेला

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न स्थानमा लावारिस अवस्थामा शव फेला परेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी सानो बजार डेरा गरी बस्ने एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोक रोसी गाउँपालिका–४ घर भएका ७६ वर्षीय कृष्ण बहादुर तामाङ रहेका छन् । उनको आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका हो ।

यसैगरी रुकुम(पश्चिम)को त्रिबेणी गाउँपालिका–१० भानिपोले भन्ने जंगलमा सोमबार एक जनाको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–९ बस्ने २८ वर्षीय जिवन परियार रहेका छन् ।

साथै पर्साको ठोरी गाउँपालिका–२ फारलाईन गैरीटोलमा एक जनाको सोमबार लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस