१ लाख ५६ हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

दियोपोस्ट संवाददाता

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपलिका–४ बसपार्कस्थित रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–११ बस्ने ३८ वर्षीय प्रकाश थापासहित १० जना रहेका छन् ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी ताससहित फेला पारी सोमबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस