महोत्तरी। महोत्तरीको औरही गाउँपालिका–२ स्थित औरही बजारमा रहेको एनएमबी बैंकमा लुटपाट भएको छ । पेस्तोलसहित आएका चारजना लुटेराले बैंकका कर्मचारीलाई त्रास देखाउँदै ३८ लाख रूपैया लुटेर भागेको प्रहरी स्रोतले बतायो । अहिले बैंक आसपास भिड बढेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।