मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दियो पोस्ट  

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–४ चुमखोलास्थित सडकमा मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ग.१०प ८१११ नम्बरको मोटरसाइकल मंगलबार बिहान आफै अनियन्त्रित भई त्रिशुली नदीमा खस्दा मोटरसाइकलमा सवार एक जनाका मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ शिद्धलेक गाउँपालिका–२ बस्ने ४१ वर्षीया शान्ती न्यौपाने रहेकी छिन् । त्रिशुली नदीमा मोटरसाइकल खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुरिनटार र ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीको टोलीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । साथै बेपत्ता भएका मोटरसाइकल चालक मृतककै श्रीमान ४७ वर्षीय मेघ बहादुर न्यौपानेको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।