
काठमाडौं । पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ शान्ति टोल बस्ने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय राम कुमार राई रहेका छन् । उनको आफ्नै घर नजिक रहेको भलुवा नहरमा डुबेर मगंलबार बिहान मुत्यु भएको हो ।
यसैगरी धनुषाको मिथिला नगरपालिका–७ नगरपालिकास्थित ईनारमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३२ वर्षीय धुरन यादव रहेका छन् । ईनारमा खसेको पानी तान्ने मोटर झिक्ने क्रममा डुबेर अशक्त भएका उनको लालगढ अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।