लावारिस अवस्थामा २ जनाको शव फेला

दियोपोस्ट संवाददाता

काठमाडौं लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । चितवनको रत्ननगर नगरपालिका–४ भोकाहामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा बस्ने ४५ वर्षीय राजु चौधरी रहेका छन् । उनको सोही ठाउँस्थित कयर खोलामा मंगलबार मृत अवस्थामा फेला परेको हो ।

साथै खोटाङको जन्तेढुङगा गाउँपालिका–५ मा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा बस्ने ४८ वर्षीया मनमाया राई रहेकी छिन् । उनको सोही ठाउँस्थित घोर्ले भिरको झाडीमा मगंलबार बिहान लावारिस अवस्थामा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस