फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख रकम ठगी, एक जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा बैतेश्वर नगरपालिका–३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिन रहेका छन् । पाख्रिनले ४ जनालाई फ्रान्स पठाई प्रतिष्ठित कम्पनीहरुमा मासिक १ लाख रूपैयाँ भन्दा धेरै तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटक पटक गरी ४० लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले ललितपुर महानगरपालिका–३ पुल्चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस