घरायसी काम गर्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । घरायसी काम गर्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अपिहिमाल गाउँपालिका–३ मर्खोला बस्ने ३० वर्षीय दमन सिंह कार्की रहेका छन् । विद्युतको पोलबाट आफ्नो घरमा लाईन जडान गर्ने क्रममा करेन्ट लागेर उनको मंगलबार दिउँसो मृत्यु भएको हो ।

साथै बारामा करेनट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कलैया उपमहानगरपालिका–७ बैरिया टोल बस्ने ३० वर्षीया पुनम देवी माली रहेकी छिन् । आफ्नै घरको धारामा मोटर चलाई लुगा धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।