छुट्टाछुट्टै ठाउँबाट लावारिस अवस्थामा शव फेला

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट लावारिस अवस्थामा शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२९ अनामनगर भाटभटेनीस्थित लिब्रेटी कलेजको भवनभित्र रहेको इनारमा एक जनाको मंगलबार शव फेला परेको छ । मृत्यु हुनेमा उक्त कलेजमा काम गर्ने भक्तपुर नगरपालिका–५ भेलुखेत घर भई हाल काठमाडौं टेकु बस्ने ४० वर्षीय राम देउला रहेका छन् ।

यसैगरी झापाको दमक नगरपालिका–१ बरगाछी टोलस्थित आँखा शिविर अस्पताल अगाडि एक जनाको मंगलबार लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा साही ठाउँ बस्ने ६४ वर्षीय भिम बहादुर एक्तेन रहेका छन् ।

साथै चितवनको भरतपुर महानगरपालिका–१८ डाँडागाउँ भन्ने स्थानमा रहेको पुल मुनी एक जनाको बुधबार लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय बिक्रम गुरुङ रहेका छन् ।

यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका–५ तिनाउ पुलस्थित खोलामा एक जना बालिकाको मंगलबार शव फेला परेको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१२ पार्वती नगर बस्ने बिष्णु दमाईकी छोरी ५ वर्षीया रिदिमा परियार रहेकी छिन् ।

साथै मोरङको बुढिगंगा गाउँपालिका–५ डिप्पु टोलस्थित बुढी खोलामा एक जनाको मंगलबार लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष रेका छन् ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीस्थित शिवगंगा नदीको किनारमा एक जनाको बुधबार शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।