सर्बिया पठाइदिन्छु भन्दै १२ लाख रकम ठगी,एक जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई सोमबार प्रहरीले पक्राउ गरेकाके छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी रहेका छन् । बुढाथोकीले ४ जनालाई सर्बिया पठाई कृषिमा मासिक १ लाख रूपैयाँ भन्दा धेरै तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटक पटक गरी १२ लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले काठमाडौं महानगरपालिका ९ सिनामंगलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।