सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डे ढुङगे कुवा टोल भन्ने समिडाँडास्थित सडकमा बा.४५ प ५५४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलेफी गाउँपालिका–२ बस्ने २२ वर्षीय प्रदिप माझी समेत २ जना रहेका छन् । मोटरसाइकल दुर्घटना हुँदा करिब १ सय ५० मिटर तल भिरबाट खसेर बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी मोरङको केराबारी गाउँपालिका–२ सिंहदेबिथाङवास्थित सडकमा को.१ ज १७३६ नम्बरको पिकअप अनियन्त्रित भई दर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक जिल्लाको केराबारी गाउँपालिका–२ बस्ने २८ वर्षीय मणि राई रहेका छन् । दुर्घटना हुँदा सडकबाट करिब ३ फिट खसेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।