उपसम्पादक शर्मालाई मातृशोक

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाका उपसम्पादक दिलीप शर्मालाई मातृशोक परेको छ । उनकी ममतामयी आमा डिलकुमारी शर्माको ८० वर्षको उमेरमा आज निधन भएको छ ।

करिब छ महिनाअघि मस्तिष्काघात भई उपचाररत शर्माको आज बिहान ९ बजे काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका, मूलपानीस्थित निवासमा निधन भएको हो । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१२ वरडाँडा निवासी शर्माको जन्म विसं २००२ पुसमा भएको थियो । दिवङ्गत शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

स्वर्गीय शर्माका उपसम्पादक दिलीप शर्मासहित सात छोरा छन् ।

सिफारिस