भोजपुरमा ७ बर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियोपोस्ट संवाददाता  

भोजपुर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा षडानन्द नगरपालिका–१खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्राती रहेका छन् ।

मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।