बाँके । बाँकेको जानकी गाउँपालिका-६ स्थित गनापुरमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले एक जनालाई गोली चलाएको छ ।
प्रहरी स्रोतका अनुसार लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले कोहलपुर नगरपालिका–१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरेको हो ।
साथै सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।
परियारको बायाँ खुट्टामा गोली लागेको र उनको अहिले भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पक्राउ परेकाहरुलाई लागुऔषध कारोबारसम्बन्धी मुद्दा चलाइने छ । प्रहरीका अनुसार उनीहरुलाई लागुऔषधको कारोबार गरिरहेको भन्ने सूचना पाएपछि लामो समदेखि प्रहरीले निगरानीमा राखेको थियो ।