काठमाडौं । कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी कान्तिपुर दैनिकको प्रधान कार्यालय थापाथली पुगेको छ । यतिबेला उनलाई गिरफतार गर्न प्रहरीले कान्तिपुर दैनिक नै घेराबन्दी गरेको छ ।
उनलाई पक्राउ गर्न प्रहरी पुगेपछि उक्त कार्यालयमा बरिष्ठ अधिवक्ता शम्भु थापा पनि त्यहाँ पुगेका छन् । थापा सिरोहियासँगै धनुषा जाने तयारीमा छन् ।
यता पुर्जी जारी भएसँगै अध्यक्ष सिरोहिया रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। उनले जिल्ला अदालत धनुषाको पक्राउ पुर्जी बदर गरपाउँ भन्दै सर्वोच्च पुगेको स्रोतले बतायो ।