नेपालको जलवायु संकट र अर्थतन्त्रमा सहयोग गर्ने बेलायती प्रधानमन्त्रीको प्रतिज्ञा

दियोपोस्ट संवाददाता  

काठमाडौं ।   बेलायतका प्रधानमन्त्री ऋषि सुनकले नेपालको जलवायु संकट र अर्थतन्त्रमा थप सहयोग गर्ने प्रतिज्ञा गरेका छन् ।

नेपाल र बेलायतबीचको मैत्री सन्धिमा हस्ताक्षर गरेको १ शताब्दी पुगेको अवसरमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले सो प्रतिज्ञा गरेका हुन् । बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा सोमबार कार्यक्रम आयोजना गरिएको थियो । नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीचको सम्बन्ध व्यापार, लगानी र जलवायु संकट सम्बन्धी सहकार्यमा परिणत हुने बताएका हुन् ।

सम्बोधनको क्रममा सुनकले द्धिपक्षिय सम्बन्ध बलियो बनाउन बेलायती गोर्खाको योगदानको प्रशंसा गर्दै बेलायती राजा चाल्र्सले गरेको नेपाल भ्रमणको स्मरणसमेत गराएका थिए । नेपालका लागि बेलायती दुत विलिय ओ कोनर र नेपालका प्रधानमन्त्री चन्द्र शमशेरले नेपाल–बेलायतबीचको मैत्री सन्धीमा सन् १९२३ डिसेम्बरमा हस्ताक्षर गरेका थिए ।

बेलायती महारानी एलिजावेथ द्धितिय, राजा चाल्र्स र बेलायती राजकुमार प्रिन्स ह्यारीले पटकपटक नेपालको भ्रमण गरेपनि हालसम्म कुनैपनि बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका छैनन् ।