‘दलितका हक अधिकार संविधानमा मात्रै सिमित भए, कार्यान्वयन भएनन्’

दियोपोस्ट संवाददाता  

सुर्खेत । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राज्यले दलितका हक अधिकार संविधानमा लेखेपनि कार्यान्वयन हुन नसकेको बताएका छन् ।
बिहिबार नवराजसहित ६ जनाको रुकुमपश्चिममा हत्या गरिएको चार वर्ष पुगेको अवसरमा दलितका लागि दलित अभियानले सुर्खेतमा आयोजना गरेको अन्तरजातिय विवाहित जोडीलाई सम्मान तथा जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलितको शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, विभेद विरुद्धको अधिकार र भूमिको अधिकारलाई संविधान अनुरुप अक्षरंश कार्यान्वयन गर्नुपर्ने बताए ।
‘दलितका लागि नीति बने, कानुन बने तर, त्यसको कार्यान्वयन हुन सकेको छैन,’अध्यक्ष विश्वकर्माले भने, ‘शिक्षा, स्वास्थ्य र भूमिको अधिकारबाट दलित बञ्चित भएका छन् । त्यसतर्फ सरकारको ध्यानाकर्ष हुन जरुरी छ ।’

उनले सुर्खेतका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न कार्यालयका प्रमुखहरुसँग दलित समुदायका मुद्दाका विषयमा छलफल र समन्वय गरेको भन्दै सेवा सुविधानमा आवश्यक समन्वय गरिदिन अनुरोध गरेको बताए ।
अध्यक्ष विश्वकर्माले समाजमा जातिय विभेदले अझै पनि जरा गाडेको भन्दै अन्तरजातिय विवाह गर्ने जोडीलाई अपमान होइन सम्मान दिनुपर्नेमा जोड दिए ।
अन्तरजातिय विवाहित जोडीलाई हरेक पालिकाले सम्मान गर्न सकेकेही हदसम्म विभेद न्यूकिरण हुने उनको भनाई छ ।

त्यस्तै वरिष्ठ लोकदोहरी गायक राजु परियारले समाजमा जरा गाडेर बसेको जातिय विभेदलाई सचेतना र जागरका माध्यमबाट अन्त्य गर्नुपर्ने बताए । साथैअर्का वरिष्ठ गायक बद्री पंगेनीले विभेदको जरा उखेल्न युवा पीढिहरु जागरुप हुनुपर्ने बताए । उनले के कति कारण पानी नचल्ने? किन हामी अछुत भन्ने जस्ता प्रशनहरु समाजलाई गर्दै जागरणको अभियान चलाउनुपर्ने सुझाव दिए ।