काठमाडौं । नागरिकता दुरुपयोग आरोपमा पक्राउ परि हिरासतमा रहेका कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा बोलेपछि चौतर्फी आलोचना खेपेका कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन् ।
‘अदालतमा विचाराधिन विषयमा हामीले नबोलेको भएपनि हुन्थ्यो । तपाईंहरुले हामीलाई यति समयसम्म साथ दिनु भयो । अब पनि सबै कुरालाई बिर्र्सिएर हामीलाई माफी दिनुहोला,’ दुवै जनाले भनेका छन् ।
सामाजिक संजाल फेसबुक मार्फत आचार्य र श्रेष्ठले माफी मागेका हुन् ।