चीनसँग जोडिएका सबै प्राचीन नाका ४ वर्षपछि सञ्चालनमा, सीमावासी लाभान्वित हुने विज्ञको भनाई

किमाथांकासहित १४ वटा सञ्चालनमा

दियोपोस्ट संवाददाता  

संखुवासभा । नेपाल र चीनको प्राचीन नाका ४ वर्षपछि पुनः सञ्चालनमा आएको छ । कोभिड १९ महामारीपछि बन्द भएका चीनसँगका जोडिएको संखुवासभाको किमाथांकासहित १४ वटा नाकाहरु चार वर्षपछि पुनः सञ्चालनमा आएका हुन् ।

कोरोनाको कारण देखाउदै चीनले २०७६ माघदेखि आफुसँग जोडिएका सबै नाका बन्द गराएको थियो । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङ शहरमा शनिबार आयोजित समारोहमा नेपाल–चीन सीमामा रहेका सबै प्राचीन नाकाहरु सञ्चालनमा आएको घोषणा गरेका थिए । उक्त समारोहमा नेपालको तर्फबाट ४७ र चीनको तर्फबाट करिब ११० चिनिया व्यापारीको सहभागीता रहेको थियो ।

चीन र नेपालसँगका नाकामार्फत कोभिडको समयमा दैनिक उपभोग्य वस्तु र महामारीसँग सम्बन्धित सामग्री मात्र एकतर्फी ढुवानी हुदै आएको थियो । कोभिडका कारण बन्द भएका नाका पुनः सञ्चालनमा आउँदा द्धिपक्षीय आर्थिक कारोबारमा लाभ पुग्ने सेन्टर फर साउथ एसिया स्टडिजका निर्देशक लिउ जोङ्गीले चिनिया सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग बताए ।

‘चीनले नेपालबाट कृषि र कच्चा पदार्थ आयात गरेर बढि मात्रामा सामानहरु नेपालमा निर्यात गर्दै आएको छ’ उनले भने, ‘दैनिक उपभोग्य वस्तुलगायत अन्य सामान नेपालबाट तिब्बत क्षेत्रमा सिधै आयात हुन्छन् । नेपालबाट आयात हुने वस्तुले तिब्बतको कृषि क्षेत्र, स्थानिय विकास र त्यहाँको जनजिवनमा सहजता ल्याउने गरेको हामीलाई थाहै छ । लामोसमयपछि नाका खुल्दा हालसम्म स्थानियले भोग्नुपरेको असहजता हट्ने छ भने नाका क्षेत्रका सबै स्थानिय लाभान्वित हुनेछन् ।’

लामो समयसम्म बन्द रहेका प्राचीन नाका पुनः सञ्चालनमा आउँदा दुवै देशका सीमा क्षेत्रका वासिन्दा थप लाभान्वित हुने सिगाजे शहरका वाणिज्य ब्युरो ब्युरो निर्देशक फेङ सुएचेङले ग्लोबल टाइम्ससँग बताए । ‘नेपाल र चीनविच आर्थिक तथा व्यापार प्रबद्र्धन गर्न हामी निरन्तर लागि परेका छौ । त्यसको लागि हामीले नाका क्षेत्रको व्यापार पुर्वाधारलाई पनि सुधार ल्याइरहेका छौ’ उनले भने ।

चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना नेपाल, भुटान र भारतसँग जोडिएको छ भने नेपाल तिब्बतको सबैभन्दा ठुलो व्यारिक सम्बन्ध भएको मुलुक हो । ल्हासास्थित भन्सार ब्युरोका अनुसार सन् २०२३ मा मात्र तिब्बत र नेपालबिच झन्डै ३८९.५३ मिलियत डलर कारोबार भएको थियो ।

यी हुन् पुनः सञ्चालनमा आएका १४ नाका

सिफारिस