
काठमाडौँ । पाकिस्तानसँगको तनावका कारण बन्द रहेका ३२ भारतीय विमानस्थल संचालनमा आएका छन् । सोमबार भारतको नागरिक उड्डयन प्राधिकरणले बन्द गरिएका ३२ वटा विमानस्थल खुला गरेको जानाकारी गराएको हो ।
भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार बन्द गरिएको ३२ वटै विमानस्थल सोमबारदेखि नै पूर्ण रूपमा सञ्चालनमा आएको बताइएको छ । शनिबार युद्धविराम घोषणा भएपछि केही विमानस्थल सञ्चालनमा आएका थिए ।
सञ्चालन हुन बाँकी रहेका विमानस्थलहरू सोमबारदेखि नै सञ्चालनमा आएको हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतीय नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेर सुरक्षा जोखिमलाई मध्यनजर गरेर ३२ विमानस्थल मे १५ सम्मका लागि बन्द गरिएको थियो।