किन दिइन् जनमत पार्टीकी सांसदले राजीनामा? यस्तो छ कारण !

दियोपोस्ट संवाददाता

काठमाडौँ । जनमत पार्टीकी सांसद गीता गुरुङले राजीनामा दिएकी छिन् । मंगलबार सांसद गुरुङले लुम्बिनी प्रदेशका सभामुखलाई पत्र लेखेर राजीनामा दिएकी हुन् ।

पदमा बसेर जनताका लागि केही गर्न नसकिएको भन्दै उनले जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएकोले पदबाट राजीनामा दिएको उल्लेख गरेकी छिन् ।

उनले प्रदेश सभाका सभामुखसमक्ष दिएको राजीनामा पत्रमा भनेकी छिन, ‘देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला । तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदी बहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ ।’

देश र जनताको पिर मर्का राम्री बुझेको उल्लेख गर्दै उनले देश जनता भन्दामाथि कोही नहुने बताएकी छिन् । सांसद गुरुङ लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट जनमत पार्टीको सांसद थिइन् । उनी समानुपातिक तर्फबाट संसद् चुनिएकी थिइन् ।