मखनटोलको आगलागी नियन्त्रण बाहिर, एक महिलाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२४, मखन टोलस्थित महादेव चोकमा रहेको एक घरमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आज बिहानदेखि लागेको आगेमा परि एक महिलाको मृत्यु भएको भएको प्रहरीले बताए ।

मृतक महिलाको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकार िदिए । आगो नियन्त्रण भन्दा बाहिर रहेको उनको भनाई छ । आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार आगो् निभाउनका लागि काठमाडौँ महानगर र ललितपुर महानगरकाको ६ वटा दमकल प्रयोग भएका छन् । आगलागी नियन्त्रणमा आइसकेपछि क्षतिका बारेमा बिवरण पत्ता लगाइने प्रहरीको भनाई छ ।

सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको छ ।

उक्त स्थानमा प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको कमान्डमा २० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली आगो नियन्त्रणमा खटिएको छ ।

जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।

मखन टोलस्थित महादेव चोकमा रहेको एक घरमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आज बिहानदेखि लागेको आगो नियन्त्रण भन्दा बाहिर रहेको प्रहरीले बताए ।

आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार आगो अझै नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । काठमाडौँ महानगर र ललितपुर महानगरकाको दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।

आगो के कारणले लाग्यो भन्ने बारेमा जानकारी आइ नसकेको प्रहरीले बताए । आगलागी नियन्त्रणमा आइसकेपछि क्षतिका बारेमा बिवरण पत्ता लगाइने प्रहरीको भनाई छ ।